काठमाडौं : महुली लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । तसर्थ, बोनस सेयरको कर रकम लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।
त्यस्तै, सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।








