नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्यायाे“आजिवन डिम्याट खाता” २०२२ अफर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्यायाे“आजिवन डिम्याट खाता” २०२२ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा “आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएकाे छ ।कम्पनीले आजिवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि दुई हजार २२ रुपैयाँमा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ । 

याे याेजना जनवरी ०१, २०२२ देखि वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि रहेकाे छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई आफ्नो डिम्याट खाता नबिकरण गराउन  विभिन्न संस्थाहरुमा धाउनु पर्ने झन्झटबाट मुक्त गराउने उद्धेश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना पौष २६, २०७७ देखि लागु गरेकाे थियाे । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गरेका थिए । तर याे नयाँ वर्ष २०२२ बाट ९७८ रूपैयाँ छुट सहित दुई हजार २२ रुपैयाँमा आजिवन नबिकरण गर्न मिल्ने नयाँ याेजना कम्पनीले सावर्जनिक गरेकाे हाे ।

Read More
  • MBL - below news