कुमारी बैंक 'प्रकरण' पछि बैंकिङ क्षेत्र फेरि त्रसित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक 'प्रकरण' पछि बैंकिङ क्षेत्र फेरि त्रसित

काठमाडौँ ।  कुमारी बैको सिस्टम ह्याक गर्ने चेतावनीपछि बैंकिङ क्षेत्रमा त्रास देखिएको छ । अज्ञात समूहले  साउदी ग्रुप अफ कम्पनी नामबाट बिहीबार इमले गर्र्दै कुमारी बैकको सिस्टम ह्याक गर्ने चेतावनीयुक्त पत्र पठाएको थियो । 

कुमारी बैकले ह्याक गर्ने चेतावनीयुक्त इमेल पाएपछि राष्ट्र बैंकलाई यसबारे जानकारी गराएको थियो । लगत्तै राष्ट्र बैंकले पनि मातहतका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो । पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताए । उनले निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित रहेको र सुरक्षित रहने भन्दै कोही पनि डराउनु नपर्ने उल्लेख गरेका छन् । 

Read More