बैङ्किङ प्रणाली सुरक्षित छ : राष्ट्र बैङ्क


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैङ्किङ प्रणाली सुरक्षित छ : राष्ट्र बैङ्क

काठमाडौँ, पुस १६ गते । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए ।

कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो । साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउनुभयो । विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उहाँले त्यसकै एउटा प्रयास भएको बताउनुहुन्छ ।
नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उहाँले भन्नुभयो, “निक्षेपकर्ताको रकम बैङ्कमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन । ”

Read More