काठमाडौं । आज सर्वाधिक बोनस दिने २ वाणिज्य बैंकको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेमा सचीकृत नबिल बैंक र कृषि विकास बैंकको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
नबिल बैकले घोषणा गरेको ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य १ हजार ४ सय ५० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि नबिल बैंकको शेयर मुल्य १ हजार ८५ दशमलव ३३ रुपैयाँमा समायोजन हुन लागेको हो ।




