काठमाडौं । एक महिनामा नेपाल राष्ट्र बैंकमा २३ अर्ब नोट फिर्ता आएको छ । राष्ट्र बैंकले विभिन्न समयमा बजारमा पठाएका नोटहरु अहिले फिर्ता भएको हो ।
कात्तिक मसान्तसम्म नेपाल राष्ट्र बैंकले बजारमा ६ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको जनाएको थियो । मंसिर मसान्तमा यस्तो रकम घटेर ६ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ । यो रकम बैंक, निजी क्षेत्र र आम जनतासँग कायम रहेको रकम हो ।





