राष्ट्र बैंकले सुरु गरेको प्रिपेड डलर कार्डमा सर्वसाधारणको आकर्षण बढ्याे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले सुरु गरेको प्रिपेड डलर कार्डमा सर्वसाधारणको आकर्षण बढ्याे

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ। प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजारभन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले ०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्राको कारोबार गर्न पाउने गरी प्रिपेड कार्ड जारी गर्न पाउने सुविधा दिएको थियो। मंसिर मसान्तसम्ममा बैंकहरुले १८ हजार १ सय ११ वटा प्रिपेड कार्ड जारी गरेको नेपाल राष्ट्र बैंक, विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख रामु पौडेलले जानकारी दिए। “प्रिप्रेड कार्डमा राम्रो आकर्षण देखिएको छ,” उनले भने, “हालसम्म कार्डमा ३९ लाख डलर लोड भएको र त्यसमध्ये १८ लाख डलर खर्च भएको छ।”

Read More
  • MBL - below news