किन खस्कियो विद्युतीय कारोबार ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
किन खस्कियो विद्युतीय कारोबार ?

१२ पुस, काठमाडौं । कोरोना महामारीको त्रासको अर्थतन्त्रमा निकै ठूलो असर पर्‍यो । तर केही यस्ता क्षेत्रहरु थिए जसलाई कोरोनाकै कारण सकारात्मक असर गरिरहेको थियो । त्यसमध्ये एक हो– विद्युतीय कारोबार । देशमा पूर्ण लकडाउन भएसँगै विद्युतीय कारोबारमा सर्वसाधारणको आकर्षण बढेको थियो । कोभिड महामारी कम भएपछि पनि सर्वसाधारणमा डिजिटल कारोबारको लत बस्ने अपेक्षा थियो । तर पछिल्लो तथ्यांकले यसलाई गलत सावित गरेको छ । विद्युतीय कारोबार केही समय यता खस्किएको  छ । विद्युतीय कारोबार समग्रमा बढ्ने होइन उल्टै घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आईपीएस, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेटदेखि क्यूआर पेमेन्ट समेतको कारोबार संख्या घटेको छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत हुने कारोबार एक महिनामा नै करिब ५ हजारले घटेको छ । गत असोज महिनामा ६० हजार ११५ वटा यस्तो कारोबार भएकोमा कात्तिक महिनामा ५५ हजार ८९७ वटामात्रै कारोबार भए ।

Read More
  • MBL - below news