मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सले (NLIC) अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिरको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।
जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो । जुन अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ । ...








