कनेक्ट आइपिएस कसरी चलाउने? के-के छ सुविधा?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कनेक्ट आइपिएस कसरी चलाउने? के-के छ सुविधा?

कनेक्ट आइपिएस नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको विद्युतीय भुक्तानीको सरल माध्यम हो। यस प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थामा नगई घरबाटै आफ्नो बैंक खातामा रहेको रकम विभिन्न तरिकामा भुक्तानी गर्न सकिन्छ।

कनेक्ट आइपिएससँग जोडिएपछि एकभन्दा बढी बैंकखाता लिंक गरी अन्तरबैंक पैसा स्थानान्तरण गर्न सकिने कम्पनीका सिइओ निलेशमान सिंह प्रधान बताउँछन्। 

‘कनेक्ट आइपिएसको वेबसाइट छ। राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर कारोबार गरिरहेका छौं,’ सिइओ प्रधानले भने, ‘वेबसाइटबाट दस लाख र मोबाइल एप्सबाट प्रतिकारोबार एक लाखसम्म भुक्तानी गर्न सकिन्छ।’

क्लियरिङ हाउसले अहिले चेक क्लियरिङ, कनेक्ट आइपिएस, कर्पोरेट पे, नेसनल पेमेन्ट स्विच, एनएचसिएल-आइपिएस गरी ५ वटा सेवा प्रत्यक्ष सञ्चालन गरिरहेको छ। 

यीमध्ये कनेक्ट आइपिएसमा बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो। 

Read More
  • MBL - below news