पुस १२, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (सोमवार) रहेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको हो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द गर्ने भएसँगै पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २५ गते केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ ।




