पुस १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले विजय लघुवित्त वित्तीय संस्था, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र महुली लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।
तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले विजय लघुवित्तको २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २७२ दशमलव १८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
विजय लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।









