सुस्तायो विद्युतीय कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुस्तायो विद्युतीय कारोबार

काठमाडौँ, पुस ११ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला उच्च वृद्धि रहेको विद्युतीय कारोबार कोरोना प्रभाव कम हुँदै गएसँगै सुस्ताउन थालेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले असोजको तुलनामा कात्तिक महिनामा विद्युतीय कारोबार र अनलाइन भुक्तानीको सङ्ख्या र रकम दुवैमा गिरावट आएको देखिएको हो । मोबाइल बैङ्किङ, आईपीएस, वालेट, क्यूआर कोड, आरटीजीएस, इन्टरनेट बैङ्किङ, एटीएमलगायतका कारोबार घटेको हो ।

राष्ट्र बैङ्कका अनुसार गत असोजमा एक करोड ३५ लाख ६५ हजार ५४ वालेट कारोबार कात्तिकमा एक करोड ३० लाख ३० हजार ८०४ मा सीमित भएको छ । कारोबार रकमका हिसाबले पनि वालेटमार्फत हुने कारोबारमा कमी आएको छ । असोजमा १५ अर्ब १८ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भएकोमा कात्तिकमा घटेर १३ अर्ब ९४ करोड ९० लाख रुपियाँ वालेटमार्फत कारोबार भएको छ ।

कोरोना महामारीकै बेला निकै चर्चामा रहेको क्यूआर कोडको प्रयोग गरेर हुने भुक्तानी पनि असोजको तुलनामा कात्तिकमा निकै घटेको छ । असोजमा १५ लाख १५ हजार ३२९ कारोबार सङ्ख्या रहेको क्यूआर कात्तिकमा १३ लाख ८७ हजार ५८४ मा झरेको छ । असोजमा छ अर्ब नौ करोड ८० लाख रुपियाँ बराबरको कारोबार क्यूआरबाट भएकामा कात्तिकमा घटेर पाँच अर्ब ३६ करोड २० लाख रुपियाँमा सीमित भएको छ ।

Read More
  • MBL - below news