प्रिपेड डलर कार्डमा आकर्षण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रिपेड डलर कार्डमा आकर्षण

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ । प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजार भन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्राको कारोबार गर्न पाउने गरी प्रिपेड कार्ड जारी गर्न पाउने सुविधा दिएको थियो । मंसिर मसान्तसम्ममा बैंकहरुले १८ हजार १ सय ११ वटा प्रिपेड कार्ड जारी गरेको नेपाल राष्ट्र बैंक, विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख रामु पौडेलले जानकारी दिए । “पिप्रेड कार्डमा राम्रो आकर्षण देखिएको छ,” उनले भने, “हालसम्म कार्डमा ३९ लाख डलर लोड भएको र त्यसमध्ये १८ लाख डलर खर्च भएको छ ।”


नेपालीले अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्दा अवैधानिक बाटोबाट भुक्तानी गर्न थालेपछि राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्ने व्यवस्था गरेको छ । कार्डमार्फत नेपालीले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइनबाट विभिन्न सामान खरिद गर्न तथा छोटो अवधिका कोर्ष तथा तालिम लिनका लागि शुल्क भुक्तानी गर्न समेत प्रयोग गरेका छन् । प्रिपेड कार्ड सुविधाबाट अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सहज भएको पौडेलले दाबी गरे ।

Read More
  • MBL - below news