सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

११ पुस, काठमाडौं । सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो ।

ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

इन्टरनेट सेवा दिने एक कम्पनीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै दूरसञ्चार सेवा नियन्त्रण गर्ने सुडानको नेशनटल टेलिकम कर्पोरेशनको निर्णयपछि इन्टरनेट सेवा ठप्प भएको छ ।

Read More
  • MBL - below news