डिजिटल बैंकिङ कारोबार गर्दै दृष्टिविहीनहरु : प्रभु पे वालेटमा अपाङ्गमैत्री सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल बैंकिङ कारोबार गर्दै दृष्टिविहीनहरु : प्रभु पे वालेटमा अपाङ्गमैत्री सुविधा

 दृष्टिविहीनहरु पनि डिटिजल बैंकिङमा अग्रसर भएका छन् । उनीहरुले पछिल्लो समय डिजिटल बैंकिङमार्फत कारोबार गर्न थालेका हुन् । नेपालमै पहिलो पटक ‘प्रभु पे’ले ल्याएको अपाङ्गतामैत्री डिजिटल वालेटले अपाङ्गता भएका नागरिकलाई थप सहज बनाएको छ । प्रभु टेक्नोलोजी प्रालिले दृष्टीविहिन, सुन्ने शक्ति नभएका व्यक्तिलाई मध्यनजर गर्दै उक्त वालेट सञ्चालनमा ल्याएको हो ।

शारिरीक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल बजारसँग जोड्न नेपालमै पहिलो पटक अपाङ्गतामैत्री डिजिटल वालेट सञ्चालनमा ल्याइएको प्रभु टेक्नोलोजीले जनाएको छ । प्रभु पे ले मोवाइल वालेट प्रविधि प्रयोगमा अपाङ्गता भएका वर्गका व्यक्तिलाई सजिलो हुने गरी टकब्याक फिचर सेवा राखेको छ । अपाङ्गता भएका व्यक्तिहरुले आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाइएको हो ।

Read More
  • MBL - below news