काठमाडौं : नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४२.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा घटे पनि यसको खुद बिमा शुल्क भने १४.०३ प्रतिशतले बढेर ४९ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, यसको पुनर्बिमा कमिशन २२.५५ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य शीर्षकमा १७.६५ प्रतिशतले वृद्धि भएर २ करोड ६९ लाख रुपैयाँ रहेको छ । खुद दाबी भुक्तानी रकम ६३.७९ प्रतिशतले वृद्धि भई २० करोड १३ लाख रुपैयाँ पुगेको छ । यता, व्यवस्थापन खर्च ६.५० प्रतिशतले बढेर ८ करोड १ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ, बिमा कोषमा १ अर्ब १५ करोड ३३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा रहेको छ ।







