कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने, बैंक तथा बीमा कम्पनीका २४ टिम सहभागी हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने, बैंक तथा बीमा कम्पनीका २४ टिम सहभागी हुने

काठमाडौँ । कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकको आयोजनामा यही पुस ९ र १० गते प्रतियोगिता गर्ने भएको हो । “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी बैंकले सो प्रतियोगिता गर्न लागेको बैंकले जनाएको छ ।

बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमासमेत जानकारी गराइएको छ । फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी हुनेछ ।

खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो । साथै उक्त 

Read More
  • MBL - below news