राष्ट्रिय बाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय बाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको साधारणसभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नुहुने बैंकको आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय स्थितिको विवरण र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्पको नाफा नोक्सान हिसाब विवरण तथा सोही अवधिको नगद प्रवाह विवरण, शेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप बैंकको २०७८ आषाढ पसान्तपा कायम रहेको चुक्ता शेयर पूँजी रु.९,१८,४८,९१,६१४/- को ३ (तीन) प्रतिशतका दरले हुन आउने रकम रु.२७,५५,४६,७४९।- (अक्षरेपी सत्ताईस करोड पचपन्न लाख छयालीस हजार सात सय उनन्चास पात्र ।) (कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र आ. व. २०७८/०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजहरूको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पेश हुने छ।

Read More
  • MBL - below news