डलर कार्ड लिएर कहाँ कहाँ खर्च गर्दैछन् नेपाली ? अहिलेसम्म १८ हजार नाघे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डलर कार्ड लिएर कहाँ कहाँ खर्च गर्दैछन् नेपाली ? अहिलेसम्म १८ हजार नाघे

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट १८ हजार नागरिकले डलर कार्ड लिएका छन् । नेपाल राष्ट्र बैंकले मंसिर मसान्तसम्म १८ हजार १ सय ११ जना नेपालीले विभिन्न बैंकबाट डलर कार्ड लिएको जनाएको हो । 

राष्ट्र बैंकले अघिल्लो चैतदेखि डलर कार्ड लिएर वार्षिक ५ सय डलरसम्मको विदेशी वस्तु तथा सेवाको खरिद गरी भुक्तानी गर्नसक्ने सुविधा दिएको थियो । सो सुविधा प्रयोग गरेका नागरिकले हालसम्म ३९ लाख अमेरिकी डलर कार्डमा लोड गरेका छन् । 
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले ३९ हजार डलर लोड भए पनि १८ हजार डलर जति मात्रै खर्च भएको बताए । ‘यो मंसिर मसान्तसम्मको तथ्यांक हो, पुसको एक सातामा केही बढेको भए पनि २० हजार नाघेको छैन होला,’ उनले भने । 

कहाँ कहाँ हुन्छ खर्च ? 
राष्ट्र बैंकले यसरी कार्डबाट कहाँ खर्च हुने गरेको छ भन्ने रेकर्ड समेत बैंकहरुसँग माग्ने गरेको छ । जसअनुसार हालसम्म कार्डबाट भुक्तानी गर्नेले अनलाइन किताव तथा जर्नलहरु किन्न तथा केही सामाजिक सञ्जालमा विज्ञापनका लागि भुक्तानी गरेको पाइएको छ । 

Read More
  • MBL - below news