इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकबिच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्,  राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिनसकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १० हजार भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ । 

Read More
  • MBL - below news