इन्टरनेट बेच्ने कम्पनी थपिएसँगै गति बढाउने प्रतिस्पर्धा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्टरनेट बेच्ने कम्पनी थपिएसँगै गति बढाउने प्रतिस्पर्धा

 

केही महिना अघिसम्म ३० मेगाबिट्स पर सेकेन्ड (एमबीपीएस) ब्याण्डविथ इन्टरनेटलाई मासिक १७८१ रुपैयाँ तिर्नुपथ्यो । यस्तै, प्रमुख इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले मासिक ३० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज नै उपलब्ध नभएको बताउने गरेका थिए । आफूहरूले दिने इन्टरनेट प्याकेज नै लिन उपभोक्तालाई बाध्यकारी पारेका पुराना इन्टरनेट कम्पनीको मनोमानी प्रवृत्ति यतिबेला फेरिन थालेको छ ।

नेपालको इन्टरनेट बजारमा नयाँ कम्पनीले पाइला राखेसँगै पुराना कम्पनीले उपभोक्तामाथि गर्दै आएको मनोमानी हट्न  थालेको हो । पछिल्लो समय इन्टरनेट बजारमा चौधरी समूह र डिसहोमले लगानी विस्तार गर्दैछ । नयाँ कम्पनीले आफ्नो बजार विस्तार गर्न प्रचलित भन्दा सस्तो मूल्यमा इन्टरनेट उपलब्ध गराउँदै आएका छन् । यसैको परिणामस्वरूपः पुराना कम्पनीहरूले पनि इन्टरनेटको स्पीड बढाउन थालेका छन् ।

Read More
  • MBL - below news