नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” ल्याएको छ । यस अन्तर्गत दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ ।
त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा Add-On Pack समेत खरिद गरी चलाउन सक्दछन् ।
“सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ







