सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन्। बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइकेका छन् भने सानिमा क्यापिटलको संचालक रहिसकेका छन्। उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।








