नबिल इन्भेष्टमेण्ट बैंकिङको सेयर बजारसम्बन्धी कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेण्ट बैंकिङको सेयर बजारसम्बन्धी कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिङले गण्डकी प्रदेशबाट धितोपत्रका ऐन, नियम तथा व्यवसायी र मर्चेन्ट बैंकरहरुबारे जानकारीमूलक कार्यक्रम सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको ०७७ पुस २७ को निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम थालेको कम्पनीले जनाएको छ ।

यसअनुसार नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम सुरु गरेको हो ।

Read More
  • MBL - below news