पुस १, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज (बिहीवार) हुने भएको छ ।
कम्पनीको गत मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट विहान ११:३० देखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांशलाई समेत सभाले अन्तिम रुप दिनेछ ।








