बैंकिङ सेवा डिजिटलतर्फ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ सेवा डिजिटलतर्फ

कोभिड—१९ को महामारी र यसको रोकथामका लागि लकडाउन भइरहेकै बेला नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्ति भयो । महामारीकै बीच केन्द्रीय बैंकको कमाण्ड सम्हालेका गभर्नर अधिकारीलाई एकातिर कोभिडले थिलथिलो बनाउदै लगेको अर्थतन्त्र जोगाउने जिम्मेवारी थियो त सँगसँगै अत्यावश्यक बैंकिङ सेवालाई महामारीको समयमा पनि नियमित राख्नुपर्ने चूनौति । एकातर्फ कोभिडको महामारीले गर्दा बैंकका शाखा खोलेर सेवा दिन जोखिम अर्कोतर्फ सर्वसाधारणमा पनि पैसाबाट कोभिड सर्छ भन्ने अफवाहले पैसा समेत धोएर सुकाएका तस्विरहरु भाइरल भए । यहि बेला केन्द्रीय बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नीति लियो । जसलाई बैंक तथा वित्तीय संस्थाहरुले पनि साथ दिए । फलस्वरुप धीमा गतिमा विस्तार भइरहेको डिजिटल बैंकिङ कारोबार कोभिडकै प्रभावले पनि उत्साहजनक रुपमा वृद्धि हुन थाथ्यो ।


बढ्दै गएको डिजिटल बैंकिङ कारोबार देखेर उत्साहित बनेका गभर्नर अधिकारी आफै साइकलमा तरकारी बेच्ने व्यापारीदेखि मन्दीरको भेटीसम्म डिजिटल भुक्तानी गर्ने सेवा उद्घाटनका लागि देश दौडाहा गरे । त्यसपछि गभर्नरले सार्वजनिक कार्यक्रममै भाषण गरे–‘अब मेरो हस्ताक्षर भएका नोटहरु नमुनाको रुपमा मात्र रहोस्, तपाईहरुको हातहातमा नपुगोस् ।’ गभर्नरको चाहाना कति पुरा होला, त्यो समयले नै बताउछ, तर समयको दवाव, नीतिगत प्रावधान, प्रविधिको बढ्दो प्रयोगलगायतका कारणले नेपालमा बैंकिङ कारोबार विस्तारै भने ह्वात्तै बढाएको छ । जसका कारण नगद प्रवाहलाई कम गदै विद्युतिय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिले समेत सार्थकता पाउन थालेको छ ।

Read More
  • MBL - below news