वर्ल्डलिंकले भित्र्यायो ६ सय एमबीपीएस गतिको इन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वर्ल्डलिंकले भित्र्यायो ६ सय एमबीपीएस गतिको इन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३.० राउटर प्रयोग हुने छ।

योसगै यो संगै वल्र्डलिंकको ईन्टरनेटको स्पिड अव कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमवीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

Read More
  • MBL - below news