लुम्विनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्विनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले मंगलबार लुम्विनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको थियो ।

एकै साथ संचालित कार्यक्रममा तीन हजार भन्दा बढी बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरुका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्वन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरुले प्रष्ट पारेका थिए।

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो ।

Read More
  • MBL - below news