नबिल बैंकले ‘नबिल फेलोशीप’ कार्यक्रमका लागि आवेदन माग गरेको छ । यो तालिम आवासीय तालिममा आधारित रहेको बैंकले जनाएको छ ।
यसका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।



