काठमाडौँ / नविल बैंक लिमिटेडले नविल एसएसई फेलोसिप कार्यक्रम २०२२ का लागि आवेदन आह्वान गरेको छ । बैंकले नविल एसएसई तथा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेण्टले नविल एसएसई फेलोसप कार्यक्रम २०२२ को लागि आवेदन आह्वान गरेको हो ।
जिविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, उर्जा आदि क्षेत्रमा देशभर समाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सो फेलोसिप कार्यक्रम राखिएको बैंकले जनाएको छ ।
फेलोसिप कार्यक्रममा सहभागी हुनको लागि आवेदक १८ बर्षदेखि ५० बर्षसम्मको नेपाली नागरिक हुनुपर्ने बैंकले जनाएको छ । त्यस्तै, आवेदकले त्रिवि दर्ता नं. वा त्रिविको कुनै पनि संकायमा सम्बद्धता भएको प्रमाणित हुने कागजपत्र पेश गर्नुपर्नेछ । प्रशिक्षण नेपाली र अङ्ग्रेजी दुवै भाषामा हुनेछ ।




