खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । कम्पनीले १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सेयर निष्कासनपश्चात संस्थाको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL - below news