महुली लघुवित्तले २६% बोनस पारित गर्न पुस २४ गते डाक्यो एजीएम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तले २६% बोनस पारित गर्न पुस २४ गते डाक्यो एजीएम

काठमाडौं :महुली लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव राखेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । तसर्थ, बोनस सेयरको कर रकम लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ । 


त्यस्तै, सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । 

Read More
  • MBL - below news