ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सकिने योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा रु. २,५०० वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ।
एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
केवाईसीको लागि डिजिटल लिन्क यस प्रकार रहेको छः https://vcc.nmb.com.np








