महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी प्रदान गरेको छ । वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्यांकीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बाेल्दै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।




