लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

मंसिर २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार लुम्बिनी विकास बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४२९ दशमलव ६५ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४८५ दशमलव ५० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More
  • MBL - below news