संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०७८।०८।२६ गते सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ । घरवार विहिन,सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका ब्यतिmहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघी स्थापना भएको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा वैंक विश्वस्त रहेको छ । 

एक कार्यक्रमका विच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी मानव सेवा आश्रम, सामाखुसीका संचालक श्रीमती यशोदा वर्तौलाले आफ्नो विचार राख्नु भयो । 

सांग्रिला डेभलपमेन्ट बैकले देशभर रहेका आफ्ना १०४ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ । 
 

Read More