खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग

नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस बारे यस प्रतियोगिता बारे सम्बन्धित सबैलाई जानकारी गराउदछौं । प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । 

आजको यसै कार्यक्रम बिच हामीले प्रायोजनको अनुबन्ध पनि गरेको जानकारी गराउन चाहन्छौं । प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुर मा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् । 

अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्नु भएको थियो । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको छ ।
 

Read More