लुम्बिनी विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २६ गते) आइतबार अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर २७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा जुम मिटिङ्ग मार्फत ११ः१५ बजेदेखि सञ्चालन गरिनेछ।








