काठमाडौं : आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले पुस १८ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले हाल कायम जारी पुँजीको ३२.३७% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै, आदर्श मर्जर तथा एक्विजिसनका लागि पनि खुला देखिएको छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।




