एनएमबि लघुवित्तको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि लघुवित्तको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौ  : एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभामा कम्पनीले २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । एनएमबिले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २१.५०% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्न लागेको हो । यसर्थ, कम्पनीले ११ करोड ६० लाख ५८ हजार ३७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
 
यस्तै, ६१ लख ८ हजार ३१७ रुपैयाँ नगद लाभांश बाँड्नेछ । सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
Read More
  • MBL - below news