महालक्ष्मी बैंकको गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बैंकको गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडा उपमहानगर– ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन उपलब्ध गराएको छ ।

शहिद स्मारक पार्कमा आयोजित कार्यक्रममा कमाने शाखा प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा उपमहानगर–११ का कार्यवाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिन गणेश टोल विकास संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंक कर्मचारीको उपस्थिति थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने बैंकको विश्वास छ । सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्नुपर्ने वडा–११ का कार्यवाहक वडाध्यक्ष न्यौपानेले बताए ।

Read More