नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
बैंकको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनापछि बैंकको शेयर मूल्य प्रति कित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता ४४३ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले पुष ६ गते मंगलबार आफ्नो चौधौं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।



