मंसिर २१ गते, मंगलबार, ग्लोबल आइएमई समुन्नत स्किम १ (GIMES1) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
फण्डले लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
गत आर्थिक वर्ष २०७७/७८ को लागि योजनाले ईकाइधनीहरुलाई कर सहित १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपैयाँ प्रतिफल दिने घोषणा गरेको थियो।







