काठमाडौं (अस) । सिभिल बैंक सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजंग पाण्डेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
कार्यक्रममा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोग अपेक्षा गर्दै राष्ट्र बैंकले जारी गरेको निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्घता व्यक्त गरे । बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढाउँदै लैजानुका साथै डिजिटाइजेसनलाई प्राथमिकता दिइने उनले बताए ।








