कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई. मा भुक्तानी गर्न सकिने सुविधा संचालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई. मा भुक्तानी गर्न सकिने सुविधा संचालनमा

कुमारी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो । यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन्  । सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री राम चन्द्र खनाल ज्यूले व्यक्त गर्नुभयो ।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा  QR Scan गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । यस प्रविधिले त्तच् भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि BNPL लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुवाश शर्माज्यूले व्यक्त गर्नु भयो ।

आगामी दिनहरुमा यस फोनेलोअन लाई अझ बिस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका Chief Digital Banking श्री अनिष ताम्राकारज्यूले व्यक्त गर्नुभयो । आफ्ना देशव्यापी १९६ शाखा–संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिङ इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

Read More
  • MBL - below news