मंसिर २०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पानै तीन घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा महालक्ष्मी विकास बैंक, सिद्धार्थ इक्विटी फण्ड, नबिल इक्विटी फण्ड,ग्लोबल आइएमई समुन्नत स्किम- १ र नेशनल हाइड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको धितोपत्रमा २ लाख ८३ हजार ५६२ कित्ता शेयर खरीद माग रहेको छ ।
त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको २ लाख २६ हजार २२५ इकाई,नबिल इक्विटी फण्डको २ लाख १३ हजार ५५९ इकाई,ग्लोबल आइएमई समुन्नतको १ लाख ८१ हजार २५० इकाई र नेशनल हाइड्रोपावरको १ लाख ५२ हजार ३५५ इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ५०८ दशमलव शून्य २ विन्दुमा रहेको छ ।




