लुम्बिनी विकास बैंकको एकै साथ थप पाँच नयाँ शाखा कार्यालयहरु संचालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको एकै साथ थप पाँच नयाँ शाखा कार्यालयहरु संचालनमा

लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्घेश्यले मिति २०७८ मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५  स्थित मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४,  बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप – महानगरपालिका वडा नं. १५ बि।पि। चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं। ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।

यस बिकास बैंकको नयाँ बानेश्वर शाखा को उद्घाटन बिकास बैंकका सञ्चालकहरु श्री चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गर्नु भयो । बर्दघाट शाखा को उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक श्री केशब खतिवडाले सयुंक्त रुपमा गर्नु भयो । मणिग्राम शाखा को उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख श्री बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिहं बोहराले सयुंक्त रुपमा गर्नु भयो । घोराही शाखा को उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु श्री प्रताप कुमार आचार्य तथा श्री रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गर्नभयो । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष श्री दसरथ रिसालले सयुंक्त रुपमा गर्नु भयो ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।  

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका  ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Read More
  • MBL - below news