एभरेस्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आईएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र कार्ड होल्डरले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका छन्। सम्झौताबाट बैंकका ग्राहकले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने छन्। आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको विज्ञप्तिमा उल्लेख छ।







