नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई डस्टबिन वितरण, तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई डस्टबिन वितरण, तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२बटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अवसरमा बैंकले जानकी मन्दिरमा QR कोड र POS मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन,QR कोड र POS उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरेका छन् ।

Read More
  • MBL - below news